काठमाडौँ । आज देशभर एक हजार ५३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २० घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भइसकेको छ।
देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ४७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७०२ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५५३ जना आइसियुमा र १७५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS