काठमाडौँ – नेपालको सबैभन्दा ठूलो र लामो पञ्चासे केबलकार निर्माण प्रारम्भ हुने भएको छ ।
१० हजार नेपालीलाई रोजगारी प्रदान गर्ने सो परियोजना गृहकार्यपछि निर्माणको चरणमा प्रवेश गर्न लागेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रबिन्दु बनाउँदै बृहत पर्यटकीय गन्तव्य बिस्तार गरी बसाई लम्ब्याउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ पञ्चासे केबलकारको परिकल्पना गरिएको कम्पनीका अध्यक्ष शर्माले बताए ।
पर्यटन क्षेत्रलाई व्यसायिकरण गर्ने कर्पोरेट जोइन्ट भेन्चर कल्चरको प्रवद्र्धन गरेर बृहत पूँजीको निर्माण गर्ने र पूँजीको प्रयोगबाट बृहत्तर परियोजना निर्माण गर्ने तथा सामुहिक आयआर्जन गर्न योगदान पुर्याउने उद्देश्य रहेको अध्यक्ष शर्माको भनाई छ ।
८.५ किलोमिटर लामो पञ्चासे केबरकार छिट्टै निर्माण प्रारम्भ हुने जनाइएको छ । १० अर्ब रुपैयाँको योजना मध्ये ३ अर्ब केबलकारमा र बाँकी रकम अन्य संरचनामा खर्च हुने कम्पनीले जनाएको छ ।
कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत गुरुयोजना सहित अघि बढेको कम्पनीका अध्यक्ष शर्माले बताए ।
FACEBOOK COMMENTS