काठमाडौं, चैत ३०- नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसले परेको प्रभावबाट बचाउन आर्थिक पुनरुद्धारको माग गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको पदाधिकारीहरू सहितको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी समक्ष राष्ट्र बैंकमा भेटेर कोरोना भाइरसले परेको प्रभावका कारण मुलुक लकडाउनमा रहेकाले उद्योग,व्यापार तथा व्यवसायमा पर्न गएको असर वारेमा ध्यानाकर्षण गराउंदै राष्ट्र बैंकबाट हुनुपर्ने सहयोगका विषयमा महासंघको तर्फबाट सुझाव पेश गरेको हो ।
महासंघले लकडाउन समाप्त भए पछि कम्पनी तथा फर्म खुले पनि नगद प्रवाहको व्यवस्थापन गर्न कम्पनी तथा फर्मलाई अत्यन्त चुनैतिपूर्ण हुने भएकोले बैक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा कर्जा स्वीकृत गरी ऋण लिई पौष मसान्तसम्म नियमित कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्थाका ग्राहक (कम्पनी तथा फर्म लाई स्वीकृत सीमा भन्दा बढीमा १० प्रतिशतसम्म थप कर्जा दिन सक्ने व्यवस्था तत्कालै गरिनु पर्ने माग गरेका छन् । त्यसै गरी ऋणीले उक्त थप कर्जा १२० दिन भित्र चुक्ता गर्ने व्यवस्था मिलाइनु पर्ने र यसरी थप कर्जाका कारण मा असन्तुलन भएपनि मान्य हुने व्यवस्था गरिनु पर्ने सुझाव महासंघले दिएको छ ।
महासंघले निम्न सुझावहरू पेश गरेको छ :
FACEBOOK COMMENTS