काठमाडौँ, पुस ४ – दोहा- साउदीमा ११ वर्षसम्म बन्धक भएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए ।
ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक बनाएको खबर पाउने बितिकै साउदीको जेद्धास्थित महावाणिज्य दूतावासको पहल र एनआरएनएको समन्वयमा उनको सकुशल उद्धार गरिएको थियो ।
पीडित महिलाको उद्धारका लागि महावाणिज्य दूतावासका श्रम सहचारी प्रेमप्रसाद उपाध्यायसहितको टोली सक्रिय भएको थियो ।
ती महिलालाई खाना र बस्नको ब्यबस्था मिलाउनुका साथै, हवाइ टिकटको लागि अंशिक रकम, पीसीआर परीक्षणका लागि रकम उपलब्ध गराएको प्रवक्ता न्यौपानेले बताए ।
दूतावासले सम्पूर्ण कानूनी प्रक्रिया अगाडि बढाएर पीडित महिलाको वर्षौं देखि नपाएको तलब क्षतिपूर्ति सहित उनको उद्धार गरि दूतावासकै सेल्टरमा केही दिन राखी गत १५ डिसेम्बरमा अलजजिरा एयरलाइन्सको उडान मार्फत स्वदेश पठाइएको न्यौपानेले बताए ।
उनलाई झापाकै दलालले राम्रो कमाई हुने प्रलोभन देखाएर भारतको बाटो हुँदै साउदी पुर्याएको बताइएको छ ।
ठमाडौं, पुस ४ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न खुमलटार जाने भएका छन् ।
प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार प्रम ओली शनिबार बिहान १० बजेतिर प्रचण्डलाई भेट्न उनको निजी निवास खुमलटार जान लागेका हुन् ।
पार्टीमा जारी विवाद समाधानका सन्भर्दमा कुराकानी गर्न ओली प्रचण्डको निजी निवास खुमलटार जान लागेका हुन् ।
यसअघि हिजो (शुक्रबार) ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।
शुक्रबारको भेटवार्ताका क्रममा प्रचण्डले ‘म मात्रै तपाईंलाई भेट्न आइरहनु पर्छ । तपाईं पनि आउनु न कहिलेकाँहि मेरोमा,’ भने पनि प्रधानमन्त्री ओली शनिबार प्रचण्डको निजी निवास जान लागेका हुन् ।
कोरोना भाइरसको महामारी शुरु भएदेखि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बिरलै मात्र बाहिर निस्किएका छन् ।
पछिल्लो समय पार्टीको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा राख्न खोज्दा ओलीले सुरक्षा चुनौती रहेको भन्दै त्यहाँ जान मानेका थिएनन् । धुम्बाराहीमै बसेको स्थायी कमिटी बैठकमा ओली सहभागी भएनन् ।
FACEBOOK COMMENTS