काठमाण्डौँ — आगामी आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आ।वमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबरको विद्युत् जोडिएको छ ।
मन्त्री पुनले मन्त्रालयको सकारात्मक पहलका कारण एक दर्जन बढी प्रसारण लाइन आयोजनाको सकारात्मक सुधार आएको र अरु आयोजनाकोसमेत समस्या समाधान हुने जानकारी दिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS