काठमाडौँ — दक्षिण कोरियालीको सहयोगमा नेपाल सामुदायिक विद्यालयलाई नमुना विकास गरिएको छ ।
तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोही अम होङ गिलको पहलमा १३ जिल्लाका १७ विद्यालयलाई नमुना बनाइएको हो ।
आरोही गिलले अम हाङ गिल ह्युमन फाउन्डेशनुमार्फत सहयोग गर्दैआएका छन् ।
फाउन्डेशनबाट सहयोगप्राप्त ती विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षसहित काठमाडौंमा तीन दिने गोष्ठी सुरु भएको छ ।
प्रोग्राम म्यानेजर निलम थापाका अनुसार फाउन्डेशनले सोलुखुम्बु, धादिङ, रुपन्देही, कास्की, धनुषा, म्याग्दी, संखुवासभा, बर्दिया, ताप्लेजुङ, गोरखा, काभ्रे, रोल्पा र काठमाडौंका सामुदायिक विद्यालयलाई सहयोग गर्दैआएको छ ।
फाउन्डेशनले सन् २०११ देखि विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग दिन थालेको हो ।
— कान्तिपुर
FACEBOOK COMMENTS