काठमाण्डौँ — १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
तर दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन त्यो सूचीमा परेको छैन ।
विभिन्न निकायले गत असार मसान्तसम्म गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐनबमोजिम ती कम्पनीलाई एकदेखि तीन बर्षका लागि कालो सूचीमा राखिएको हो ।
राजनीतिक तथा प्रशासनिक संरक्षण पाइरहेको पप्पु कन्स्ट्रक्सन सडक, सिँचाइ, सहरी विकास विभागसहित कुनै पनि विकास कार्यालयले सिफारिस नगरेकाले कालो सूचीमा नपरेको कार्यालयले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS