काठमाडौं, फागुन २३ – विश्वकै पहिलो १८ जीबी र्याम भएको स्मार्टफोन सार्वजनिक भएको छ । रेडम्याेजिक सिक्स प्रोको नाममा १८ जीबी र्याम भएको पहिलो स्मार्टफोनको रेकर्ड बनेको हो ।
रेडम्याजिक सिक्स प्रोलाई टेन्सेन्ट गेमसँगको साझेदारीमा तयार पारिएको छ । यो गेमिङ स्मार्टफोन हो । जसमा १६५ हर्ज रिफ्रेश रेट भएको डिस्प्ले दिइएको छ । यतिधेरै रिफ्रेश रेट भएको स्मार्टफोनमा समेत यो नै विश्वको पहिलो फोन हो ।
रेडम्याजिक सिक्स सिरिजको रुपमा कम्पनीले दुई वटा स्मार्टफोन सार्वजनिक गरेको छ । जसमा रेड म्याजिक सिक्स र रेडम्याजिक सिक्स प्रो रहेका छन् । यी दुवै गेमिङ स्मार्टफोनमा एमोलेड डिस्प्ले दिइएको छ । दुवैमा १६५ हर्जको रिफ्रेश रेट रहेको छ ।
साथै यी फोनमा टच कोरियाग्राफर प्रविधि राखिएको छ । यस बाहेक इन्टेलिजेन्ट एडप्टिभ प्रविधि समेत छ । जसले तपाईंको आवश्यकताको आधारमा डिस्प्लेको रिफ्रेश रेट एडजस्ट गर्दछ । फोनको रेस्पोन्स रेट ८ एमएस रहेको छ ।
जसले गेमर्सलाई फास्ट गेम खेल्नमा सहयोगी निकै सहयोग गर्दछ । यी फोनमा सीपीएचवाई-डीएसआई प्रविधि समेत राखिएको छ । जसले उच्च गुणस्तरिय तस्वीरको सम्प्रेषण दरलाई दुई गुणाले बढाइदिन्छ । रेडम्याजिक सिक्स सिरिजका यी दुवै फोनमा नयाँ आईसीई ६.० मल्टी डाइमेन्सनल कुलिङ सिस्टम छ ।
जसमा इनब्युल्ट टर्बो फ्यान समेत छ । फ्यान २०,००० आरपीएमको राखिएको कम्पनीको दाबी छ । रेडम्याजिक सिक्सको मूल्य ४,३९९ युआान अर्थात करिब ६८ हजार २६८ रुपैयाँबाट सुरु हुन्छ । साथै रेडम्याजिक सिक्स प्रोको मूल्य ४,३९९ युआन अर्थात ७९ हजार ५० माथि रहेको छ । यी दुवै स्मार्टफोनको बिक्री चीनमा यही मार्च ११ देखि सुरु हुनेछ ।
तर यी फोन विश्वव्यापीरुपमा सार्वजनिक हुने विषयमा भने हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । दुवै स्मार्टफोनमा ६.८ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ । जसको रेजोलुसन १०८० बाई २४०० पिक्सेल रहेको छ । यस्तै दुवै स्मार्टफोनमा स्नापड्रागन ८८८ प्रोसेसर दिइएको छ ।
फोन ८ जीबी/१२जीबी/१६जीबी/१८ जीबी र्याम भेरियन्टका साथ बजारमा आएको छ । त्यस्तै यसको स्टोरेजको कुरा गर्ने हो भने १२८ जीबी/२५६ जीबी/ ५१२ जीबी भेरियन्टमा रहेको छ ।
फोनमा एन्ड्रोइडमा आधारित रेडम्याजिक ओएस ४.० रहेको छ । इनडिस्प्ले फिंगरप्रिन्ट राखिएका दुवै फोनमा तीन वटा माइकसँगै स्टेरियो स्पिकर समेत पाउन सकिनेछ । क्यामेराको कुरा गर्ने हो भने दुवै फोनमा पछाडि भागमा तीन वटा क्यामेरा दिइएका छन् । जसमा मूख्य क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ ।
साथै दोस्रो ८ मेगापिक्सेलको अल्ट्रा वाइड र तेस्रो २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ । सेल्फीका लागि फोनमा ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । रेडम्याजिक सिक्सप्रोमा ४,५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जुन १२० वाट फास्ट चार्जिङ सपोर्टको साथमा आउँदछ ।
त्यस्तै रेडम्याजिक सिक्समा ५,०५० एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसमा भने ६६ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ ।
FACEBOOK COMMENTS