काठमाण्डौँ – जनताको जलविद्युत् आयोजना कार्यक्रमअन्तर्गत १९ आयोजनामा १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको जनतालाई सेयर दिने गरी योजना तयार भएको छ ।
७ वर्षभित्रमा सातै प्रदेशमा १९ जलविद्युत् आयोजनाको स्वपुँजी (इक्विटी) मध्ये ४९ प्रतिशत जनताको सेयर रहने गरी र ७ खर्ब रुपैयाँबराबर स्वदेशी लगानीमार्फत् जुटाउने गरी जलविद्युत् लगानी तथा विकास कम्पनीले यस्तो योजना तयार पारेको हो ।
नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने अभियानका साथ ३ हजार ५ सय मेगावाट बराबरका जलविद्युत् जनतामा लगानीमा बढाउनेगरी अघि बढेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
उनले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत मन्त्रालयले समन्वय र नेतृत्व गर्नेगरी प्रत्येक आयोजनाको छुट्टाछुट्टै कम्पनी बनाएर जनताको सेयरमा जलविद्युत् आयोजना बनाउँदै गरेको जानकारी दिए ।
– कारोबार
FACEBOOK COMMENTS