काठमाडौँ — प्रहरी महानिरीक्षक ९आईजीपी० ठाकुरप्रसाद ज्ञवालीले १९ जना एसएसपी र २४ जना एसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
गतसाता एसपीबाट एसएसपी र डीएसपीबाट एसपीमा बढुवा भएका ४३ जना अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आईतबार आयोजित कार्यक्रममा दर्ज्यानीचिन्ह प्रदान गरेका हुन् ।
वैशाख १७ गतेको मन्त्रिस्तरीय निर्णयबाट १९ जना एसएसपीमा र १८ गते २४ जना एसपीमा बढुवा भएका थिए । बढुवा भएका अधिकृतहरुलाई आईजीपी ज्ञवालीले पदोन्नति पश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न व्यवसायिक र इमान्दार भएर लाग्नुपर्ने बताए ।
प्रहरी अधिकृतहलाई निर्देशन दिदै ज्ञवालीले व्यक्ति भन्दा संगठन र संगठनभन्दा राष्ट्र ठूलो भन्ने हेतुले काम गर्न पनि निर्देशन दिए ।
FACEBOOK COMMENTS