काठमाडौं– रसुवाको टिमुरेमा महिनाबाट सुख्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ।
चिनियाँ सरकारको आर्थिक तथ प्राविधिक सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको हो।
करिव २ अर्ब रुपैयाँ अनुदान सहयोगमा बन्दरगाह निर्माण हुनेछ। निर्माणको काम चिनियाँ ठेक्का प्रणालीबाट हुनेछ। अहिले चिनियाँ पक्षले ठेक्का लगाईसकेको समितिले जनाएको छ।
सन् २०१४ मा नेपाल र चीन सरकारका बीचमा बन्दरगाह निर्माण गर्नका लागि द्धिपक्षीय सम्झौता भएको थियो।
करिव डेढ बर्ष लगाएर चिनियाँ कम्पनी द आर्किटेकचरल रिकोनाइसेन्स एण्ड डिजाइजन इन्ट्रिच्युट अफ टिबेटले डिजाईन तयार पारेको हो।
अघिल्लो बर्षको यतिबेलै छेन्दु शहरमा डिजाईनमाथि छलफल भएको थियो। केहि विषयमा मिलाउनका लागि नेपाली पक्षले आग्रह गरेको थियो। त्यसपछि दुवै पक्ष बसेर डिजाइन फाइनल गरेर बन्दरगाहको काम अघि बढाउने सहमति भएको थियो।
समितिका अनुसार बन्दरगाह ८ हेक्टर क्षेत्रफलमा बन्ने छ। बन्दरगाहको संरचना निर्माण गर्नका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको अन्तर्गतको ५ र सर्वसाधरणको ३ हेक्टर जमिन अधिग्रहण गर्ने कार्य गरिसकेको छ। डिजाइन अनुसार बन्दरगाहमा एउटमा मुख्य प्रशासनिक भवन निर्माण हुनेछ। भवन पाँच तलाको हुने छ।
भवनमा क्वारेनटाइन, अध्यागमन, बैक, भन्सार लगायतका कार्यालयहरु रहनेछन्। साढे सात सय वर्गमिटरको गोदाम घर निर्माण हुनेछ भने ३ सय ५० कन्टेनर अटाउने पार्किङ निर्माण गर्न लागिएको छ। आयात र निर्यातका छुट्टा छुट्टै टर्मिनल हुनेछन्। बन्दरगाहका लागि आवश्यक सबै पुर्वाधारहरु निर्माण हुनेछन्।
चीनले रसुवागढी नजिकैको आफ्नो भूभागमा पनि आधुनिक बन्दरगाह निर्माण गरिरहेको छ।
FACEBOOK COMMENTS