काठमाण्डौँ — सरकारले वार्षिक १ लाखभन्दा बढी रोजगारीको सिर्जना गर्ने योजनालाई सुनिश्चित गर्न विकास बजेटको कम्तिमा २० प्रतिशत रकम रोजगारी प्रवद्र्धनका खर्च गर्ने प्रस्ताव अघि बढाएको छ ।
स्वदेशमा नै रोजगारी सिर्जना गर्ने योजनाअन्तर्गत सरकारले विकास बजेटको कम्तिमा २० प्रतिशत रोजगारी सिर्जनाका लागि खर्च गर्ने योजनाको प्रस्ताव गर्ने तयारी गरिरहेको छ ।
विकासका लागि विनियोजन गरिएको बजेट खर्च गर्ने गरी नीतिगत निर्णयको प्रस्ताव तयार गरेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वार्षिक १ लाखभन्दा बढी रोजगारी सिर्जना गर्न विकास बजेटको २० प्रतिशत बजेट रोजगारीका लागि खर्च गर्ने गरी योजना बनाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्वदेशमा नै कम्तिमा १ लाख बढी थप रोजगारी सिर्जना गर्न विकास बजेट प्रयोग गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको छ ।
श्रममन्त्री गोकर्ण बिष्टले यही वर्ष थप १ लाख भन्दा बढी रोजगारी सिर्जना गर्ने गरी विकास बजेटको २० प्रतिशत बजेट छुट्टै कार्यक्रम बनाएर नयाँ रोजगारीका लागि खर्च गरिने बताए ।
— कारोबार
FACEBOOK COMMENTS