काठमाडौं, फागुन २३ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले घटेको छ । आज २१.५८ अंकले नेप्से घटेर दुई हजार चार सय ८५ दशमलब ९ विन्दुमा थामिएको छ ।
नेप्सेसका अनुसार आज ५ अर्ब ५४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् ।
बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर रहेका छन् ।
FACEBOOK COMMENTS