काठमाडौं, चैत १८ गते । २४ घण्टामा कुनै पनि कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यस्तै वीर अस्पताल र पाटन अस्पतालमा ज्वारो आएका विरामीको कोरोणा परीक्षणमा कोरोना फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले बताउनुभयो ।
भारतबाट फर्केका ५० वर्षीय एक पुरुष र भारतबाट फर्केकी चन्द्रागिरी नगरपालिका सतुंगलकी ३४ वर्षीया महिलाको वीर अस्पतालमा सोमबार मृत्यु भएकाे थियो । ती दुबैमा कोरोनाको आशंकामा गरिएकाे परीक्षणमा भाइरस फेला परेन ।
यसैगरी, दुबइबाट नेपाल आएर कीर्तिपुर हिल टाउन स्कुलमा बस्नुभएकी झापाका कल्पना लावतीको पनि कोभिड –१९ को परीक्षणमा फेला नपरेकाले उपचारपछि मगंलबार विहान पाटन अस्पतालले डिस्चार्ज गरेको छ । उहाँलाई कोरोनाका आशंकामा कीर्तिपुर अस्पतालले पाटन अस्पतालमा आइतबार रिफर गरेको थियो ।
पत्रकार सम्मेलनमा यसअघि राजधानीमा मात्र प्रयोगशाला रहेकोमा छिमेकी देश चीनबाट पीसीआर मेसिन आइसकेकाले देशका विभिन्न पाँच स्थानमा प्रयोगशाला निर्माण हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवत्ता डा. विकास देवकोटाले नेपालमा अहिले ज्वरो आउने वित्तिकै डराउने प्रवृति देखिएको बताए ।
चारवटा संक्रमित उपचार दुई वाटाको कन्ट्रयाक ट्रेसिन सकियो बाँकी दुई को ८० प्रतिशत सकिएको जसमा वरिपरिवारका मानिस परीवार र यात्रामा सँगै आउनेलाई लिइएको छ ।
‘फिभर आउने वित्तिकै डराउने प्रवृति देखिएको छ । यसले थप जटिलतामा जाने र विरामीको मृत्यु समेत हुनसक्छ,’ उनका अनुसार, ज्वरो जुनसुकै रोगमा आउने भएकाले सम्बद्ध संस्थाले इमरजेन्सी सेवा दिनुहोला, सेवा बन्द गरेपछि अरु नै विरामी उपचार नपाएर मृत्युको मुखमा पुग्नसक्छ ।’
FACEBOOK COMMENTS