काठमाडौं, १६ वैशाख – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (बिहिबार) दोहोरो अंकले बढेको छ । आज नेप्से २५.८२ अंकले बढेर दुई हजार छ सय ११ दशमलब १० विन्दुमा पुगेको छ भने ४ अर्ब ३५ करोड ७० लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज नेप्सेमा कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् । आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सिंगटी इनर्जी कम्पनी, सांन्जेन जलविद्युत कम्पनी र नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट कम्पनी रहेका छन् ।
FACEBOOK COMMENTS