प्रकाश कपुरी
राजस्व सभापति नाडा अटोमोबाईलस् एशोसिएसन
सरकारले हरेक वर्ष बजेट ल्याउँदा कर लगाउने कुरामा अटो क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । सरकारले चालु आर्थिक वर्षमा करको दर नबढाएपनि विगतको कर उपभोक्ताले धान्ने किसिमको छैन ।
सरकारले गाडिलाई विलाशिताको पहिलो सुचिमा राखेको छ । तर अहिले अटो क्षेत्र वा सवारी साधन विना अर्थतन्त्रको विकास गर्छु भनेर हुँदैन ।
सरकारले गत वर्ष १५० सिसि भन्दा माथिको बाईकलाई विलाशिताको गाडि भन्दै कर बढायो । २५० सीसी सम्मको दुईपाङ्ग्रेलाई विलाशिताको भन्न मिल्दैन । नेपालमा सार्वजानीक यातायातमा सुविधा राम्रो नभएको कारण धेरैले बाईकको प्रयोग गर्छन । यो दैनिक अत्यावश्यक भैसकेको छ । यसलाई विलाशिताको वस्तु भनेर ढर्रा पिटिरहनु आवश्यक छैन ।
त्यस्तै सरकारले १५०० सिसि सम्मको चारपाङ्गा्रे गाडिलाई विलाशिताको वस्तुमा राख्नु हुँदैन । हरेक मानिसले गाडि विलाशिताको जिवन विताउन खरिद गर्दैन । हामी व्यवसायीलाई नेपाल भित्र जहाँ व्यपार गरे पनि नेपालमै हो भन्ने बनाउन सक्नु पर्यो ।
तहै पिच्छे कर लगाउनु भएन । कर लगाएर व्यवसायीलाई केहि फरक पर्दैन तर मारमा पर्ने भनेको त उपभोक्ता नै हुन । जथाभावि करलाई एउटा सिस्सटमलागु गर्न पर्यो होईन भने त व्यावसय गर्ने वातावरण नै बन्दैन ।
FACEBOOK COMMENTS