काठमाडौं, माघ २७ – यो सातोको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा २९.०१ अंकले गिरावट आएको छ । प्राविधि समस्य आएपछि कारोबार समय थप गरिएको छ ।
कारोबार समय ३५ मिनेट थप गरिएको थियो । थप गरिएको समयअवधिसम्म कुल शेयर खरिद विक्री ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंलगबार विकास बैंक र वित्ती कम्पनी सूचकांक बाहेक सबै सूचकांकमा गिरावट आएको छ ।
मंगलबार अधिकांश सूचकहरुमा गिरावट देखिएको छ । मंगलबार लघुवित्तका लगानीकर्ताले धेरै गुमाएका छन् । शेयर बजारमा कारोबारको अवधिमा अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि केहि बेर शेयर कारोबार रोकिन पुगेको थियो ।
FACEBOOK COMMENTS