काठमाण्डौँ — ३० वर्षमा सौर्यऊर्जा (सोलार) बाट ६० मेगावाट बराबरको बिजुली उत्पादन भएको छ ।
चितवनमा भएको नेपाल सौर्य विद्युत् उत्पादक संघको १८औं वार्षिक साधारणसभामा ३० वर्षे सोलार इतिहासमा ६० मेगावाट बराबरको विद्युत् उत्पादन भएको जानकारी दिइएको हो ।
२२ वर्षदेखि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्यमा काम गर्दै आएका निजी क्षेत्रका व्यवसायीले करिब ११ लाख अर्थात् ८ प्रतिशत उपभोक्तामा सोलारको पहुँच पुगेकोे तथा ३ मेगावाट नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा समेत जोडिसकेको साधारणसभामा जानकारी दिइएको थियो ।
साधारणसभामा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले खनिज इन्धनको आयात घटाउँदै स्वच्छ ऊर्जा प्रविधि परिचालन बढाउँदै जाने नीति सरकारले लिएको बताउँदै घरायसी प्रयोजनसहित औद्योगिकीकरण क्षेत्रमा पनि यसको उपयोग बढाउनुपर्ने बताए ।
— कारोबार
FACEBOOK COMMENTS