काठमाण्डौँ – सरकारले करिब ३० हजार करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताको सूचीबाट हटाउने तयारी गरेको छ ।
लामो समयदेखि कर कार्यालयको सम्पर्कमा नरहेका र कारोबार नै बन्द गरेर बसेर विवरण नबुझाउने (नन्फाइलरं) करदातालाई भ्याट दर्ताको सूचीबाट हटाउने भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै करदातालाई कर छुट दिइ नियमित गराउने घोषणा गरेका थिए ।
बजेटमार्फत गरिएको घोषणालाई कार्यान्वयन गर्न भन्दै आन्तरिक राजस्व विभागले यो व्यवस्थालाई पुस मसान्तपछि कार्यान्वयनमा ल्याउने बताएको छ ।
– कारोबार
FACEBOOK COMMENTS