काठमाडौं, चैत ५ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज हरियाली छाएको छ । बुधबार पनि नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज नेप्से ४२.९५ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब ०९ विन्दुमा पुगेको छ । आज ४ अर्ब ६४ करोड ३३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये अन्यसबै समूहमा हरियाली छाएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेका छन् भने अन्य दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
FACEBOOK COMMENTS