काठमाडौं, मंसिर ३० – मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.७५ अंकले घटेको छ। आजको कारोबारपछि परिसूचक २०६१ अंकमा कायम भएको छ। यस दिन ६ अर्ब रुपैयाँको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा कमी हो।
यस दिन माइक्रोफाइनान्स समूह ५९, जीवन बीमा समूह ५१ अंकले बढे। त्यस्तै बैंकिङ समूह १ अंकमुनि हरियो रह्यो। ब्यापार ५४, होटल २०, विकास बैंक २४, जलविद्युत १८, फाइनान्स ६, निर्जीवन बीमा ८१, उत्पादन ११५ र अन्य समूह १८ अंकले घटे। नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता २७ रुपैयाँले बढेर २२६५ कायम भएको छ।
त्यस्तै पुनर्बीमा कम्पनीको ३६ करोडको सेयर किनबेच भयो। सो कम्पनीको मूल्य प्रतिकित्ता २४ रुपैयाँले घटेर १६२७ कायम भएको छ। नेपाल बैंकको २२ करोडको सेयर कारोबार भएको छ।उन्नति सहकार्य लघुवित्त, माहुली लघुवित्त, गुराँस लघुवित्त, ग्लोबल आइएमई लघुवित्तको मूल्य करिब १० प्रतिशतको हाराहारीमा बढेको छ।
मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ४.७ प्रतिशत मूल्य गुमाएका छन्। त्यस्तै सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२ प्रतिशत मूल्य गुमाएका छन्।
FACEBOOK COMMENTS