काठमाण्डौँ — पछिल्लो ५ महिनामा ६६ लाख २९ हजार किलो सुन्तला आयात भएको छ ।
उक्त सुन्तला खरिदमा ३२ करोड ५० लाख रुपैयाँ बिदेसिएको भन्सार विभागले जनाएको छ ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा परिमाण र रकम दुवै दोब्बरले बढी हो ।
कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले सुन्तलाको उत्पादन बढाउन विभिन्न कार्यक्रम गर्दै आएको दाबी गरे ।
सुन्तलाको गुणस्तरीय उत्पादन तथा उत्पादकत्व वृद्धि, फलफूल उपभोक्तास्तर बढाई सर्वसाधारणको पोषण अवस्थामा सुधार गर्ने, सम्भाव्य फलफूलमा आत्मनिर्भर/आयात प्रतिस्थापन कार्यविधि तयार पारेको उनले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS