कठमाडौ – नेपालले भारत सरकारसँग ५ वर्षका लागि रासायनिक मल खरिद गर्न प्रस्ताव गरेको छ ।
चालु आर्थिक वर्ष २०७५/७६ देखी २०७९/८०सम्मका लागि मल खरिद गर्न भारतसमक्ष प्रस्ताव गरेको हो ।
मल अभावको अवस्था आउन नदिन नेपालले पहिले नै सरकारी स्तरबाट हुने खरिदका लागि मलको विवरण भारत पठाइको छ ।
सरकारले समयमै मल खरिद नगर्दा विभिन्न सिजनमा विभिन्न जिल्लमा मल अभाव देखिने समस्या अहिले पनि छ ।
कृषि भूमिसुधार तथा सहकारी मन्त्रालयले ९ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल किन्ने प्रस्ताव भारतलाई पठाएको हो ।
सरकारले ५ वर्षमा ११ लाख १५ हजार मेट्रिकटन युरिया, ८ लाख २० हजार मेट्रिक टन डीएपी, ५५ हजार मेट्रिकटन पोटास मल खरिद गर्नुपर्ने प्रक्षेपण गरेको छ ।
– राजधानी
FACEBOOK COMMENTS