अन्जनराज न्यौपाने
तनहुँ, ८ माघ -स्वस्थ्य परीक्षण गरौ रोग लाग्नबाट बचौ भन्ने मुलनाराका साथ पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर परीक्षण शिविर शुरु गरिएको छ।विपि कोईराला मेमोरियल क्यान्सर असपताल चितवनको प्राविधिक सहयोगमा सृर्जनशील दिदीबहिनी समूह ब्यास-४ दमौली र स्पनन्दन नेपाल भरतपुर चितवनको संयुक्त दुई दिने परीक्षण शिविर आयोजनामा ५ सय ७४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।
ब्यास ४ संगम टोल स्थित मदर्शा आधारभूत विधालयको प्रङगणमा आयोजना गरिएको स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन ब्यासनगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले गरे।
उद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले प्रत्येक नागरिकले रोग पालेर बस्न नहुने बताउदै समयमा उपचार गर्न सके प्राणधातक रोगबाटपनि वचन सकिने बताए ।
ब्यास नगरपालिकाका उप-प्रमुख मिरा जोशीले शुभकामना मन्तब्यका क्रममा कुनै पनि हरेक नागरिकहरुले जानेर वा नजानेर लागेको रोग लाई समयमै लाज मानेर बेलैमा उपचारमा नजिकै स्वास्थ्य चौकीमा नजानु भनेको मृत्युको मुखमा पुग्नु हो भन्दै स्वास्थ्य र निरोगीले मात्रै समाजमा सफलता र हर क्षेत्रहरुमा उपलब्धि हाता पर्ने बताईन्।
दिदीबहिनी समुहले सधैंकालागि सबैकालागि स्वस्थ्य रहन आग्रह गरिन। यसैगरी ब्यासनगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विश्वराज न्यौपानेले शुभकामना मन्तब्यका क्रममा बोल्दै लक्षित समुहलाई ६० हजार बजेट विनियोजन गरिएको बताए ।
दिदीबहिनी स्वास्थ्य रहनु भनेको समाजनै स्वास्थ्य हुनु हो शिविरले महिला दिदीबहिनीको संबेदनसिल अंग पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार सेवाले टेवा पुगेको बताए ।
विपीकोईराला मेमोरियल क्यान्सर असपताल चितवनका डा अयोध्य पाठकले विश्वमा धनी गरिव जुनसुकै मुलुकमा पनि क्यान्सर रोगलेपनि आक्रमण गरि भयाबह स्थिति सृर्जना गरि ९० प्रतिशत मानिसहरुको अज्ञानता कारण मृत्युु भएको बताईन्। प्रतिशत मानिसहरू आहारविहारको लापरबाही ,मादक पदार्थ सेवन,सुर्तीजन्य पदार्थ र मिति सकिएका बस्तुहरु सेवनले र विभिन्न संक्रमणबाट पनि क्यानसर हुन गई मृत्युु भएको जानकारी दिईन्।
प्रत्येक आमाहरुले आफ्ना बालबालिकाहरुलाई मैदाबाट बनेको खाने बस्तु ढुसी आएको अचार ,सडेगलेको खानेकुरा ,झिङ्गा भन्केको बासी खानेकुरा खान नहुने डा।पाठकले जानकारी दिईन्। कार्यक्रमको सभापतित्व सृर्जनशील दिदीबहिनी समुहकी अध्यक्ष नारायणी अधिकारीले गरेकि थिईन्।
FACEBOOK COMMENTS