काठमाण्डौँ — एकैपल्ट ५३ कन्टेनरसहित भारतीय मालवाहक रेल बुधबार जनकपुर आइपुगेको छ । निर्माणको अन्तिम चरणमा रहेको जयनगर–जनकपुर रेल्वे लिकबाट यति धेरै कन्टेनरसहित रेल गुडेको यो पहिलो पटक हो ।
भारतीय सहयोगमा निर्माणाधीन जयनगर–कुर्थासम्मको ३४ किलोमिटर रेल्वेमा ब्रोडग्रेज ट्रयाक बिछ्याइएको छ ।
मंसिरभित्र रेल सञ्चालनमा ल्याउने गरी बाँकी कामलाई तीव्रता दिइएको छ ।
भारत, झारखण्डको पाकुडबाट गिट्टी (ब्लास्ट) बोकेर मंगलबार गुडेको रेल १८ घण्टापछि जयनगर आइपुगेको थियो ।
५ वर्षअघि जनकपुर–जयनगर रेल सेवा बन्द भएपछि त्यसयता बुधबार पहिलो पटक यति धेरै डब्बासहित यहाँ रेल आइपुगेको हो ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल सेवा विवाह पञ्चमीसम्ममा सञ्चालन गर्ने तयारी छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS