काठमाडौं, फागुन १८ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) भारी गिरावट आएको छ ।
सोमबार नेप्से ४०.५४ अंकले नेप्से बढेर दुई हजार पाँच सय १५ दशमलब ०३ विन्दुमा पुगेको थियो । नेप्सेका अनुसार आज ५९.७० अंकले नेप्से घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा पुगेको छ भने ६ अर्ब ११ करोड ९६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।
आज शेयर बजार राताम्मे भएपनि तीन कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स, साल्ट ट्रेडिङ कर्पोरेशन र हिमालयन पावर पार्टनर रहेका छन् । चन्द्रागिरी हिल्सको ९.८९ प्रतिशतले शेयरमूल्य बढेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन ९.९९ प्रतिशतले शेयरमूल्य बढेको छ भने हिमालयन पावर पार्टनरको ८.८९ प्रतिशतले शेयरमूल्य बढेको छ ।
FACEBOOK COMMENTS