विराटनगर– निर्माणका हरेक क्षेत्रमा इँटाको प्रयोग गरिए पनि उद्योगीलाई सरकारले नहेरेको सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।
विराटनगरमा सुरु भएको नेपाल इँटा उद्योग महासंघको चौथो राष्ट्रिय महाधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष महेन्द्रकुमार चित्रकारले मुलुकको ग्रामीण अर्थतन्त्रलाई इँटा उद्योगले चलायमान बनाएको बताए ।
“हरेक हप्ता कम्तीमा एउटा उद्योगले ३ लाख रुपैयाँ मजदुरलाई बाँड्ने गरेको छ,” उनले भने, “यो पैसाबाट मजदुरले चामल, नुन, तेल, दाल, तरकारी किन्छन् । यसले ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान हुने गरेको छ ।” उनले भने ।
इँटा उद्योगमार्फत ग्रामीण क्षेत्रमा कम्तीमा २४ करोड रुपैयाँभन्दा बढी जाने गरेको छ । नेपालमा करिब १ हजार इँटा उद्योग सञ्चालनमा छन् । सबै उद्योग ग्रामीण क्षेत्रमै सञ्चालित छन् ।
इँटा उद्योगले प्रत्यक्ष अप्रत्यक्ष ६ लाख भन्दा बढीलाई रोजगारी दिएको उद्योगीले बताएका छन् ।
गाउँमा उद्योग खोल्दा आफ्नै लगानीमा सडक, बत्तीजस्ता भौतिक संरचनाको निर्माण गर्नुपरेको उनहरुको भनाइ छ ।
वार्षिक सरकारलाई ७० करोडभन्दा बढी कर तिर्ने गरेको उद्योगीहरुको दाबी छ ।
FACEBOOK COMMENTS