काठमाण्डौँ — सरकारले ६ सय ९९ स्थानीय तहमा बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
डेढ वर्षको अवधिमा वाणिज्य बैंकहरूले चार सय चार स्थानीय तहमा शाखा विस्तार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ।
सरकारले गत आर्थिक वर्षको बजेटमा सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउने लक्ष्य अघि सारेको थियो।
त्यसबेला दुई सय ९५ स्थानीय तहमामात्र बैंक शाखा थिए।
शाखा खोल्न निर्देशन दिइएका मध्ये कतिपय बैंकका धेरै र कतिपयका केही स्थानमा शाखा विस्तार गर्न बाँकी छ।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बाँकी स्थानीय तहमा पनि बैंक पुर्याउन पहल भइरहेको जानकारी दिए।
कृषि विकास बैंकले नौ स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ।
नेपाल एसबीआई बैंकले आठ, बैंक अफ काठमाडौं र सेन्चुरी कमर्सियल बैंकले पाँच÷पाँच स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ।
एभरेस्ट, नेपाल क्रेडिट एन्ड कमर्स, माछापुच्छ्रे, प्रभु र कुमारी बैंकका तीन÷तीन स्थानीय तहमा शाखा विस्तार हुन बाँकी छ।
राष्ट्रिय वाणिज्य बैंक र हिमालय बैंकले पनि तीनरतीन स्थानीय तहमा शाखा खोल्न बाँकी छ।
हिमालय बैंकले बाजुराका तीन गाउँपालिकामा शाखा विस्तार गर्न बाँकी छ।
डेढ वर्षमा वाणिज्य बैंकहरूले चार सय चार स्थानीय तहमा शाखा विस्तार गरेका छन् भने ५४ वटामा बाँकी छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS