काठमाडौं – माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाबाट असारदेखि बिजुली उत्पादन हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाले मुख्य संरचना बाँध, सुरुङ्ग र विद्युतगृहको उत्पादन परीक्षण आउँदो शुक्रबारदेखि थाल्ने बताएको छ ।
परीक्षणको काम सक्न ३ महिनाभन्दा बढी समय लाग्ने भएकाले ढिलोमा आउँदो असारसम्म बिजुली उत्पादन थाल्ने तयारी भएको आयोजनाले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS