काठमाण्डौं, १९ जेठ – नेपाल ईजरायल बिच कूटनैतिक सम्बन्ध स्थापना भएको ६०औँ बर्षगाँठको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्युहसँग टेलिफोन वार्ता गरेका छन्। ईजरायलको समय अनुसार आज दिउँसो २:३० बजे नेपाली समय अनुसार अपरान्ह ५स:१५ बजे भएको उक्त टेलिफोन संवादमा ६०औँ बर्षगाँठको उपलक्ष्यमा प्रधानमन्त्रीद्वयले आफ्नो, सम्माननीय राष्ट्रपतिको र आआफ्ना देशका जनताको तर्फबाट एकअर्कालाई शुभकामना दिदै अभिवादन साटासाट गरेका छन्। प्रधानमन्त्रीद्वयले द्धिदेश बीच विगत ६० बर्षदेखि रहीआएको सुमधुर सम्बन्ध भविष्यमा थप प्रगाढ बन्दै जानेमा विश्वास व्यक्त गरे ।
संवादमा कोरोनाले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावको पनि चर्चा भएको थियो । सम्माननीय प्रधानमन्त्रीले कोभिड १९ को महामारीका कारण ईजरायलमा ठूलो संख्यामा मानिसहरू संक्रमित भई सैयौं व्यक्तिको निधन भएकोमा गहिरो समवेदना प्रकट गरे। उनले नेपालमा कोरोना संक्रमणलाई बढ्न नदिन चालिएका कदमहरु बारेमा जानकारी गराउंदै प्रभावकारी रूपमा कोरोना नियन्त्रण गर्न सक्षम भएकोमा बधाई दिंदै यसका लागि ईजरायल सरकारले चालेका कदमहरूको प्रशंसा समेत गरे । यी कठिन दिनहरुमा ईजरायली सरकारले नेपालीहरुलाई सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दै त्यहाँस्थित नेपाली समुदायले ईजरायली सरकारबाट आगामी दिनमा समेत संरक्षण र समर्थन प्राप्त गरिरहने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरे। दुवै प्रधानमन्त्रीले विशेषगरी कृषि, पर्यटन, लगानी, व्यापार तथा प्रविधि हस्तान्तरणको क्षेत्रमा सहकार्यको बढी सम्भावना भएको औंल्याउँदै सम्बन्धलाई थप उचाइमा पुर्याउनका लागि उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानको आवश्यकतामा जोड दिए ।
प्रधानमन्त्रीले कोरोनाको अन्त्यसँगै ईजरायलका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्।सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र ईजरायली प्रधानमन्त्री गाभी आस्केनाजी बीच टेलिफोन वार्ता भएको यो दोश्रो पटक हो । यस अघि नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना ईजरायली समकक्षी गाभी आस्केनाजीसँग आजै दिउसो १२ बजे नेपाली समय अनुसार दिउँसो २स्४५ बजे टेलिफोन वार्ता गरी शुभकामना आदानप्रदान गरेका थिए।
वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो सम्बन्धमा ट्वीट गरेका छन भने इजरायलका प्रधानमन्त्रीले पनि ट्वीट गरेको जानकारी प्राप्त भएको ईजरायलका लागि नेपाली राजदुत डा अन्जान शाक्यले बताईन ।
FACEBOOK COMMENTS