काठमाण्डौँ — सरकारले चालु आर्थिक वर्षको सात महिनामा चार खर्ब ५५ अर्ब ३९ करोड राजस्व संकलन गरेको छ।
संकलित राजस्व गएको आ।व।को सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी भएपनि लक्ष्यभन्दा ३७ अर्ब ५५ करोडले कम हो।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको सो अवधिमा चार खर्ब ९२ अर्ब ९४ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो ।
सो राजस्वमध्ये चार खर्ब नौ अर्ब पाँच करोड कर राजस्व हो भने ४६ अर्ब ३४ करोड गैर कर भएको अर्थ मन्त्रालयका सह–प्रवक्ता जनकराज शर्माले बताए।
माघसम्म राजस्वका मुख्य शीर्षक मूल्य अभिवृद्धि कर, आयकर, भन्सार महसुल अन्तःशुल्क लगायका सबै शीर्षकको राजस्व असुली लक्ष्य अनुरुप हुन सकेको छैन।
— नागरीक
FACEBOOK COMMENTS