काठमाडौं, चैत १८ – गृह मन्त्रालयले २०७७ सालको सार्वजनिक विदाको सुची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार ७७ सालको बडादशैंको टीका कात्तिक १० गते परेको छ भने तिहार मंसिर १ गते परेको छ ।
सार्वजनिक गरेको सुचीमा शनिवार बाहेक बर्ष भरी कुल १३ सार्वजनिक विदा परेको छ । २०७७ सालमा नेपालीहरुको महानचार्ड दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ भने दोस्रो महान चार्ड तिहारका लागि कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिइएको छ ।
देशभर हुने सार्वजनिक विदामा नव वर्ष, महाशिवरात्री, होली, दशैँ तिहार विदा, मजदुर दिवस, संविधान दिवस , महिला दिवस र बुद्ध जयन्ति रहेका छन् ।
सरकारले पर्व बिदानमा नयाँ वर्ष, फागूपूर्णिमा(चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) , वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौली लगायतका पर्व बिदा दिएको छ । त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ । भदौ ५ गते शुक्रबार तीज बिदा दिएको छ ।
यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा (साउन २० गते), इन्द्रजात्रा (भदौ १६ गते), घोडेजात्रा (चैत २९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ ।
FACEBOOK COMMENTS