काठमाडौं, वैशाख २ – चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा विदेशबाट ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको आर्थिक विवरणमा रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.० प्रतिशतले वृद्धि भई पाँच अर्ब ४५ करोड पुगेको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४.२ प्रतिशतले बढेको थियो ।
FACEBOOK COMMENTS