काठमाडौं, मंसिर १८- नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैंयाले बढेको छ ।
मंगलवार प्रतितोला ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवार ८०० रुपैंयाले बढेर प्रतितोला ७२ हजार २ सय रुपैंयाका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि बुधवार प्रतितोला ८०० रुपैंयाले बढेको छ । मंगलवार ७१ हजार १ सय रुपैंयामा कारोबार भएको तेजावी सुन आज ७१ हजार ९ सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यसै गरी बुधवार चाँदीको भाउ पनि १५ रुपैंयाले बढेको छ । मंगलवा ८ सय ५० रुपैंयामा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६५ रुपैंयामा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS