काठमाडौं, पुस १३ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) सामान्य अंकले बढेको छ । आइतबार झण्डै ४० अंकले घटेको नेप्से आज सामान्य अंकको सुधार आएको हो ।
आज नेप्से ८.५७ अंकले बढेर दुई हजार ७ दशमलब २९ विन्दुमा पुगेको छ भने ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा समूह घटेका छन् भने ९ वटा समूह बढेका छन् ।
FACEBOOK COMMENTS