धनकुटा,फागुन १४ – धनकुटा उद्योग वाणिज्य संघमा लागेको ताला बुधबारबाट खुलेको छ । ८० दिनदेखि बन्द रहेको संघको कार्यालय नयाँ नेतृत्वचयन गर्ने सहमति भएपछि खुलेको हो ।
सदस्यता वितरण,नवीकरणबीच विवाद उत्पन्न भएपछि असन्तुष्ट पक्षले महासंघमा तालाबन्दी गरेका थिए ।
नेकपा पक्षधर व्यवसायीको तालाबन्दीपछि मंसिर २८ गतेका लागि तोकिएको मतदान प्रकृया रोकिएको थियो । निर्वाचन प्रकृया छिटो टुङ्ग्याउनुपर्ने भन्दै लोकतान्त्रिक पक्षधर व्यवसायीले कार्यालयको मूलढोकामा मंसिर ३० गते अर्को ताल्चा लगाए पछि बिवाद लम्बिएको थियो ।
ताला खोलेर दैनिक कामकाज सुचारु गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए । ताला खुलेसँगै उद्योग वाणिज्य संघ धनकुटाको नयाँ नेतृत्व छान्ने बाटो समेत खुलेको छ ।
FACEBOOK COMMENTS