काठमाडौं, फागुन २० –नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) हरियाली छाएकोे छ । बुधबार नेप्से ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको थियो ।
नेप्सेका अनुसार आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमा पुगेको छ भने ६ अर्ब ५ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ भने दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
FACEBOOK COMMENTS