अन्जनराज न्यौपाने
तनहुँ, २७ फाल्गुण – जिल्ला स्थित नौ स्थानमा नियमित ट्राफिक चेक जाँच गर्ने क्रममा ९१ सवारी चालक कार्वाहीमा परेका छन् । होली पर्वमा सवारी लापर्वाहीका कारण हुनसक्ने मानविय जनधनको क्षति न्युनिकरण गर्ने उदेश्यले फागुपुर्णिमा विशेष चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले बताए । जिल्ला स्थित देवघाट ,आँबुखैरेनी,डुम्रे ,चन्द्रावती दमौली थर्पु, खैरेनीटार ,भिमाद ,कोत्रे लगायतका स्थानहरूमा सवारी चेक जाँच गरिएको अधिकारीले जानकारी दिए । ‘सोर्सफोर्सका भरमा विना लाईसन विलबुक र चोरी गरि ल्याएका सवारीसाधन छोड्न मलाई निर्देशन दिईन्छ । मैले कानुन भन्दा माथि कोही पनि नभएको कारणले छाडिन र कानुनी दायरामा त्यस्ता सवारी चालकलाई ल्याउन कठिबद्द छुु’ उनले भने। ‘सरकारले मलाई नियम विपरीत सवारी साधन चलाउने उपर कार्वाही गर्न पठाएको हो,गैर कानुनी निर्देशन मान्न होइन’ उनले स्पष्ट पार्दै भने ।
कुल ३१ जना ट्राफिक रहेको तनहुँ जिल्लाका महत्त्वपूर्ण नाकाहरुमा ट्राफिक कार्वाही तिब्र पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। सोमबार ६ वजेदेखि बेलुका ७ वजे सम्ममा ९१ सवारीसाधन लापरबाहीका कारण ट्राफिक फन्दामा परेका हुन । सोमबार नियमित सवारी चेक जाँच गर्ने क्रममा मोटरसाइकल मोडिफाई गरि चलाउने २९ जना, मादकपदार्थ सेवन गरि चलाउने ९ जना ,सवारीसाधन अनुमतिपत्र विना चलाउने १६ जना, ओभर स्पिड र ओभर ट्याकगरि चलाउने१२ जना, बुलेट, क्रसफाएर, केटिएम, पल्सर, अपाचे जस्ता मोटरसाइकल मोडिफाई गरि ध्वनि प्रदुषण गराउने १७ जना, रुट प्रमिट , ईजाजत पत्र विना सवारीसाधन चलाउने ८ जना, सवारीसाधन चेकजाँचका क्रममा तनहुँ ट्राफिक प्रहरी कार्वाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए।
FACEBOOK COMMENTS