काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्नको अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १ः१ को अनुपार हकप्रद सेयर जारी गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।
बैंकले ९९ करोड १४ लाख २९ हजार ८६७.४२ रुपैयाँ बराबरको सेयर निष्काशनका लागि असार ४ गते बोर्डमा निवेदन दिएको हो ।
बोर्डको स्वीकृतिपछि बैंकले ९९ लाख १४ हजार २९८.६७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद यसको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS