काठमाण्डौँ — संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सन् २०१९ को अन्त्यमा नेपाल आइपुग्ने भएको छ।
अमेरिकाले डेढ दशकअघि नै नेपाली सेनालाई चारवटा स्काई ट्रक अनुदान दिने प्रतिबद्धता जनाएको थियो।
नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता दरबार हत्याकाण्डपछि अमेकिारले रोकेको थियो।
डेढ दशक रोक्का गरेर अमेरिकाले नेपाललाई सैन्य सहायता पुनः उपलब्ध गराउन थालेको हो।
चारमध्ये दुईवटा स्काई ट्रक निर्माणका लागि पोल्यान्डस्थित कम्पनीसँग समझदारी गरिएको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कम्पनीसँग उक्त स्काई ट्रक तत्काल निर्माण गर्ने समझदारी गरेपछि नेपाल ल्याउने निश्चित भएको हो।
— अन्नपुर्ण
FACEBOOK COMMENTS