काठमाण्डौँ — बाह्रौं राष्ट्रिय प्रांगारिक कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ।
रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्न जनचेतना जगाउने उद्देश्यले ‘प्रांगारिक कृषि पद्धति अपनाऔं, माटो र जीवन बचाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको थियो ।
मेलामा करिब ६० हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा सुरु भएको चारदिने मेलामा प्रांगारिक कृषिसम्बन्धी प्राविधिक सूचनाबारे जानकारी गराएको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका वरिष्ठ कृषि अर्थविज्ञ बासुदेव शर्माले बताए।
— अन्नपुर्ण
