प्रधानमन्त्री बालेन साह नयाँ दिल्लीमा, भारतका राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत, भोली मंसिर सात गते स्वदेश फर्किने
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सम्हाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, प्रधानमन्त्री शाह आइतबार भारत भ्रमणमा गएकाले,कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएका हुन् ऊर्जामन्त्री श्रेष्ठलाई
दरबार हत्याकाण्डकी एक जीवित साक्षी राजकुमारी केतकी चेष्टरको ८० वर्षको उमेरमा निधन, युवराज दिपेन्द्रले नै हत्याकाण्ड मच्चाएको र ढलेका राजालाई लात्ताले हानेको आफूले देखेको बयान दिएकी थिइन्

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लिए शपथ, सर्वदलीय सरकार बनाउने प्रतिबद्धता

आज मंसिर ६ गते २८ सयले घट्यो सुनको मूल्य, दुई लाख ४२ हजार ६०० रुपैयाँमा भयो किनबेच

यही मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतियोगितास्थल सार्वजनिक, सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक, बाँके र बर्दियामा दुई–दुई खेल सञ्चालन गरिने

क्रिकेटको आठवटै फ्रेन्चाइज क्लबका लागि छुट्टाछुट्टै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने प्रधानमन्त्री बालेन शाहको घोषणा, नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्याउने अपेक्षा
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले अघि बढाए सरकारी कम्पनीहरूसँग करिब एक हजार मेगावाट क्षमताको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) को प्रक्रिया, निजी क्षेत्रका लागि कडा सर्त राखिएको नयाँ मापदण्डप्रति ऊर्जा उत्पादकहरू असन्तुष्ट
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजना हुने ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’ कार्यक्रमको कार्यतालिका सार्वजनिक, ७ बजे आगमन तथा नेटवर्किङ हुने, ७:३० बजे औपचारिक सत्र सुरु, इन्डिया–नेपाल जोइन्ट बिजनेस फोरमकी सहअध्यक्ष भवानी राणा र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मन्तव्य राख्ने