काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ५२ सदस्यीय नेपाली व्यवसायी टोली पनि सहभागी हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ सदस्य रहनेछन् भने निजी खर्चमा ५२ जना व्यवसायी भारत जानेछन् ।
परराष्ट्र सचिव अमृत राईका अनुसार भ्रमणमा सहभागी हुने व्यवसायी टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणासहित महासंघका वर्तमान तथा पूर्वपदाधिकारी सहभागी हुनेछन् ।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीलगायत पदाधिकारी पनि टोलीमा रहनेछन् ।
व्यवसायी टोलीमा नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासंघ, नेपाल–भारत चेम्बर अफ कमर्स तथा नेपाल वैदेशिक व्यापार संघका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् । यसैगरी ऊर्जा, पर्यटन, उद्योग तथा व्यापार क्षेत्रका उद्यमी र व्यवसायीहरू पनि भ्रमण टोलीमा समेटिएका छन् ।
सूचीमा विभिन्न व्यावसायिक संस्थाका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्यमी गरी ५२ जनाको नाम समावेश छ । परराष्ट्र मन्त्रालयका अनुसार व्यवसायीहरू आफ्नै खर्चमा भ्रमणमा सहभागी हुन लागेका हुन् ।

यी हुन् भारत भ्रमणमा जान लागेका उद्योगी/व्यवसायी

१. अञ्जन श्रेष्ठ – अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।

२. भवानी राणा – पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।

३. कृष्णप्रसाद शर्मा – उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।
४. गोपालप्रसाद तिवारी – महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ ।
५. सुनीता नेह्माफुकी – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।
६. बटु लामिछाने – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।
७. उज्ज्वल श्रेष्ठ – कार्यसमिति सदस्य तथा उद्योग समिति सभापति, नेपाल उद्योग वाणिज्य महासंघ ।
८. सागर ढकाल – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।
९. निरज काफ्ले – व्यापार समिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।
१०. शिवकुमार अग्रवाल – अध्यक्ष, नेपाल वैदेशिक व्यापार संघ ।
११. वीरेन्द्रराज पाण्डे – अध्यक्ष, नेपाल उद्योग परिसंघ ।
१२. राजेशकुमार अग्रवाल – पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ ।
१३. निर्वाण चौधरी – वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ ।
१४. राजबहादुर शाह – उद्योगी/व्यवसायी ।
१५. कमलेशकुमार अग्रवाल – अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स ।
१६. दीपककुमार माल्होत्रा – वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स ।
१७. खिमनारायण पराजुली – अध्यक्ष, नेपाल उद्योग व्यापार महासंघ ।
१८. कुनाल कयाल – उद्योगी/व्यवसायी ।
१९. सुनील केसी – उद्योगी/व्यवसायी ।
२०. करण चौधरी – पूर्वअध्यक्ष, नाडा अटो मोबाइल एशोसिएसन अफ नेपाल ।
२१. मोहनकुमार डाँगी – अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ।
२२. गणेश कार्की – पूर्वअध्यक्ष, इप्पान ।
२३. पुष्कर पौडेल – उद्योगी/व्यवसायी ।
२४. भरतजंग पाण्डे – अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ।
२५. पशुपति देव पाण्डे – उद्योगी/व्यवसायी ।
२६. अर्जुनकुमार श्रेष्ठ – उद्योगी/व्यवसायी ।
२७. शोभा गुरुङ – उद्योगी/व्यवसायी ।
२८. गोविन्दप्रसाद घिमिरे – उद्योगी/व्यवसायी ।
२९. सरोज श्रेष्ठ – उद्योगी/व्यवसायी ।
३०. रवीन्द्र शाक्य – उद्योगी/व्यवसायी ।
३१. सुरेन्द्रकुमार उप्रेती – अध्यक्ष, नाडा ।
३२. विनायक शाह – अध्यक्ष, होटेल संघ नेपाल (हान) ।
३३. सागर पाण्डे – उद्योगी/व्यवसायी ।
३४. विभूषण बिष्ट – उद्योगी/व्यवसायी ।
३५. दर्शना श्रेष्ठ – उद्योगी/व्यवसायी ।
३६. दिकिला शेर्पा लामा – उद्योगी/व्यवसायी ।
३७. बलराम गुरुङ – उद्योगी/व्यवसायी ।
३८. सचिन ढकाल – उद्यमी ।
३९. नितेश मालपानी – उद्यमी ।
४०. कल्याण गुरुङ – उद्योगी/व्यवसायी ।
४१. तुकप्रसाद पौडेल – उद्यमी ।
४२. जीवा लामिछाने – उद्यमी ।
४३. दिरेकलाल श्रेष्ठ – उद्यमी ।
४४. अनुप आचार्य – उद्यमी ।
४५. नरेश दास – उद्यमी ।
४६. यमुना श्रेष्ठ – उद्यमी ।
४७. विष्ण्ॉकुमार अग्रवाल – उद्यमी ।
४८. दिलीप अग्रवाल – उद्यमी ।
४९. सञ्जय काफ्ले – उद्यमी ।
५०. दीपक थापा – उद्यमी ।
५१. निकोलस पाण्डे – उद्योगी/व्यवसायी ।
५२. राजनकुमार वन – उद्यमी ।