काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले घर निर्माणको शुभारम्भलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धिसिद्धिसँग’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत रिद्धिसिद्धि सिमेन्ट प्रयोग गर्न चाहने ग्राहकले आफ्नो निर्माण साइट दर्ता गरी ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजासामग्री समावेश गरिएको विशेष ‘शिलान्यास बक्स’ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपाली परम्परा, आस्था र संस्कृतिसँग घर निर्माणको पहिलो चरण शिलान्यासलाई जोड्ने उद्देश्यले योजना ल्याइएको कम्पनीको भनाइ छ । शिलान्यासका बेला आवश्यक पर्ने पूजासामग्री सहज रूपमा उपलब्ध गराउने गरी तयार गरिएको शिलान्यास बक्स योजनाको मुख्य आकर्षण रहेको छ ।
योजनामा कसरी सहभागी हुने ?
योजनामा सहभागी हुन ग्राहकले उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी दर्ता फाराम भर्नुपर्नेछ । त्यसपछि १०० बोरा वा सोभन्दा बढी रिद्धिसिद्धि सिमेन्ट खरिद गरेको भ्याट बिल अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत प्रत्येक निर्माण साइटले एउटा मात्र शिलान्यास बक्स प्राप्त गर्न सक्नेछन् । ग्राहकको सहभागिता प्रमाणित भएपछि कम्पनीका प्रतिनिधिहरू निर्माण स्थलमै पुगेर शिलान्यास बक्स र ५ ग्राम चाँदीको सिक्का उपलब्ध गराउनेछन् ।
४ मंसिरदेखि ४ पुससम्म लागू हुने

कम्पनीका अनुसार यो योजना यही ४ मंसिरदेखि आगामी ४ पुससम्म रिद्धिसिद्धि सिमेन्ट खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ। योजनामा सहभागी हुन खरिदको भ्याट बिल अनिवार्य गरिएको छ ।

रिद्धिसिद्धि सिमेन्टले गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुका साथै ग्राहकको निर्माण यात्राका महत्त्वपूर्ण अवसरलाई विशेष बनाउने उद्देश्यले योजना ल्याएको जनाएको छ । ‘गुणस्तरको नयाँ स्तर’ भन्ने प्रतिबद्धताअनुरूप ग्राहकसँगको सम्बन्ध थप सुदृढ बनाउन योजना ल्याइएको कम्पनीको भनाइ छ ।