काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ६५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ८७ रुपैयाँ कायम भएको छ ।