काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रकृति र आस्थाको महान् पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गर्दै सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
छठ पर्वका अवसरमा सन्देश जारी गर्दैै प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने पर्व मुख्यतया परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गरिने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ, जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ, यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।’