काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ निर्धारण गरिएको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ र चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य भने स्थिर रहेको हो ।