काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको छ ।
निर्माण कम्पनी दीया एन्ड अमु फिल्म्सले आइतबार विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको मितिमा चलचित्र प्रदर्शन नहुने जानकारी दिएको छ ।
चलचित्र भदौ १० गतेको रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण सिर्जित असहज परिस्थितिले रोकिएको हो । अब यो चलचित्र कात्तिक २० गतेबाट प्रदर्शनमा आउनेछ ।
अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ ।