काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताए ।
उनले नेपाल र जापानबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग तथा सांस्कृतिक आदानप्रदानको चर्चा गर्दै यस्ता महोत्सवले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।