काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ क्रिकेटको तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सका कप्तानलाई पुरस्कार स्वरूप चेक हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेल र नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले चेक हस्तान्तरण गरे ।